अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतको उत्तराखण्डमा आएको बाढीमा परी तीन नेपालीको मृत्यु

भारतको उत्तराखण्डमा आएको बाढीमा परी तीन नेपालीको मृत्यु


भारत- भारतको उत्तराखण्डमा अविरल वर्षापछि आएको बाढीमा परी तीन नेपाली मजदुरको मृत्यु भएको छ । सोमबार बाढीको कारण उत्तराखण्डमा मृत्यु हुने पाँचमध्ये तीन नेपाली मजदुर हुन् ।

उत्तराखण्डको पाउरी जिल्लाको सामखालमा टेन्टमा बसेका तीन मजदुरको बाढीले बगाउँदा मृत्यु भएको हो । मृत्यु हुनेहरुको पहिचान भने यकिन भइसकेको छैन ।

उत्तराखण्डमा आएको बाढीसँगै राज्यका अधिकारीहरुले चारधाम यात्रा नगर्न तीर्थालुहरुलाई सुझाएका छन्। यसअघि भारतको मौसम विभागले उत्तराखण्डको १३ जिल्लामा आइतबारदेखि मंगलबारसम्म भारी वर्षा, चट्याङ, असिनापानी र हावाहुरी आउन सक्ने बताएको थियो।

भारी वर्षाको कारण आएको बाढीको कारण रामनगर–रानीखेत रुटको लेमन ट्रि रिसोर्टमा रहेका करिब एकसय मानिसहरु थुनिएका छन्।