कैलाली – महाकालीको टापुमा फसेका पाँच जनलाई उद्धार गर्न आएको हेलिकप्टर धनगढीमै रोकिएको छ । मौसममा आएको खराबीले महाकालीमा अलपत्र परेकाहरूलाई उद्धार गर्न आएको हेलिकप्टर धनगढीमै रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा एकै परिवारका पाँच जना उद्धारको पर्खाइमा माहाकालीको टापुमा बसिरहेका छन् । उहाँहरू अहिले रूखमा चढेर ज्यान जोगाइरहेको प्रहरीले जनाएको छ





प्रतिक्रिया