अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु

पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु


सुनसरी- अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा धरानमा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका-१३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ वर्षीया निसु राई र छोरा ४ वर्षीय निहान राई रहेका छन् ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटिएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुईबालबालिकालाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।