काठमाडौं – नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण विस्थापित भएकाहरुलाई तत्काल राहत दिन तथा उद्दारको पर्खाइमा रहेकालाई उद्दार गर्न सरकारसँग माग गरेको छ ।
अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै पीडितलाई उद्दारसँगै राहत दिन माग गर्नुभएको हो ।
‘बाढी-पहिरो र डुबानमा परी मृत्यु भएका मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति, बेपत्ता भएकाहरुको खोजी र घाइतेहरुलाई तत्कालै उपचार साथै सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं’, विज्ञिप्तिमा भनिएको छ, ‘अनेरास्ववियु, हाम्रा सबै तह र जिम्मेवारीमा रहनुभएका नेता कार्यकर्ताहरुलाई सुरक्षित तवरले राहत र उद्दारको कार्यमा तत्कालै परिचालित हुन निर्देशन गर्दछ ।’






प्रतिक्रिया