काठमाडौं- बाँकेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले राप्ती नदीको बाढीमा फसेका चारजनाको १९ घण्टापछि उद्दार गरेको छ ।
राप्ती नदी पारी बनकरेली टिप्न गएका डुडुवा गाउँपालिका-४ का ५५ वर्षीय सोखत नाउ, ४५ वर्षीय सव्विर खाँ, ३० वर्षीय प्रमोद लोनिया र ६० वर्षीय नाजिर खाँको उद्दार गरिएको हो ।
सोही समूहमा गएका अन्य तीन जना भने सोमबार दिउँसो नै पौडी खेलेर नदी तर्न सफल भएका थिए । राप्ती नदीको खजुरा टापुमा सोमबार साँझ नै जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा खबर गरिएको थियो ।





प्रतिक्रिया