कैलाली- महाकाली नदीको टापुमा फसेका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको उद्धार गरेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीमा एकै परिवारका पाँचजना सोमबार रातिदेखि फसेका थिए । पाँचैजनाको एक-एक गरेर उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिनुभयो ।
महाकालीमा बाढी बढेपछि टापुमा फसेका उनीहरुले रुखमा चढेर ज्यान जोगाएका थिए । सेनाको हेलिकप्टरले उनीहरुलाई रुखमै रहेको अवस्थामा उद्धार गरिएको हो ।





प्रतिक्रिया