काठमाडौं -नेकपा एमालेले हिजो रआजको वर्षाका कारण देशभरी भएको धनजनको क्षतीप्रति दुख व्यक्त गरेको छ ।
बाढी र पहिरोका कारण ज्यान गुमाएका र पाकन लागेको बालीको क्षती व्योहोरेका किसानलाई तुरुन्त राहात प्याकेज घोषणा गर्न एमालेले माग गरेको छ ।
प्रवक्ता प्रदिप ज्ञवालीले आज एक विज्ञप्ती जारी गरेर बाढी पहिराका कारण ज्यान गुमाउनेप्रति श्रद्धान्जली व्यक्त गर्दै खेतीबलाीमा ठूलो नोक्सानी व्योहोरेका किसानहरुको पिडामा सहानुभुती प्रकट गर्नुभएको छ ।
ज्ञवालीले अवरुद्ध यातायात तत्काल सञ्चालन गराउन,बाढीमा फसेकालाई राहात उपलब्ध गराउन सरकारसँग माग गर्नु भएको छ ।
प्रतिक्रिया