धनकुटा – दुई दिन देखी परेको अविरल वर्षाको कारण लेउती खोलामा आएको वाढीले धरान धनकुटा सडक खण्ड अन्तर्गत घण्टेमा सडक वगाउँदा धरान धनकुटा यातयात आवागमन ठप्प भएको छ ।
साँगुरीगढी गाउँपालिका वडा नं.६ घण्टेमा आज अपरान्ह ४ वजे लेउती खोलाले करिव २ सय मिटर पक्की सडक वगाउँदा धरान धनकुटा यातयात ठप्प भएको हो । अत्याधिक वर्षाको कारण लेउती खोलामा आएको वाढीले सडक कटान गरी २ सय मिटर पक्की सडक वगाएकोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एस्पी नहकुल पोख्रेलले जानकारी दिनुभयो ।
लेउती खोलाले घण्टेमा सडक वगाएपछि धरान धनकुटा हुँदै पहाडी जिल्लाको आवागमन ठप्प भएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले जानकारी दिनुभएको छ । निरन्तर वर्षा भैरहेकोले गर्दा सडक सूचारु गर्न नसकिएको प्रजिअ पन्थले वताउनुभयो ।
प्रतिक्रिया