काठमाडौं– महेन्द्रनगर हिजो देखि अविरल वर्षाले देशका विभिन्न भागमा किसानकोे बाली डुबान भएकोमा त्यसको उद्दारका लागि युवा संघका अध्यक्ष किरण पौडेलले आह्वान गरे लगत्तै संघका कार्यकर्ता देशव्यापी रुपमा परिचालन भएका छन् ।
पौडेलका अनुसार बाढीले अफ्ठयारोमा परेकाको उद्दार, बाढीले पाकेका धान डुबाएकाहरुको खेतखेत मै गएर त्यसलाई सुरक्षित स्थानमा सार्न सहयोग गर्न सबैलाई भनिएको छ । त्यस अनुसार आज दिउँसो देखि बाढीले धेरै क्षति गरेको बर्दिया र कञ्चनपुरमा कार्यकर्ताहरु परिचालन भएका छन् ।
बर्दियामा सचिवालय सदस्य राजु पहारी र कञ्चनपुरमा स्थायी कमिटी सदस्य प्रशान्त भट्टको नेतृत्वमा युवा संघ परिचालन भएको छ । ‘बाढीका कारण अफ्ठेरोमा परेका व्यक्तिहरुको उद्धार,चौपायाहरु र घरका सामानहरुलाई सुरक्षित स्थानमा सार्ने, डुबेका बालीलाई सुरक्षित ठाउँमा सार्ने काम सुरु भएको छ,’ पौडेलले नेपाली बहस डट कमसँग भन्नुभयो ‘भोलिबाट बाढीले क्षति पुर्याएका सबै जिल्लामा युवा संघ परिचालन हुन्छ । बाढीका कारण खाद्यान्न समस्या भएकाहरुलाई राहात लिएर हामी विभिन्न ठाउँमा जान्छौं ।’
प्रतिक्रिया