इटहरी-दुहवीस्थित विद्युत सवस्टेसन डुब्दा प्रदेश नं १ मा विद्युत आपूर्ती बन्द भएको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार हिजो साँझबाट मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ।
सव स्टेसन भित्र पानी पसेपछि करेन्ट प्रवाह भएर सव स्टेसन नै जल्ने खतरा भएपछि आपूर्ती बन्द गरिएको भट्टराईले जानकारी दिनुभयो ।‘ हिजो बेलुका देखि नै डोजर र स्काभेटर लगाएर सडक काटेर भए पनि बाढी खोलातिर फर्काउने प्रयास जारी छ ’ भट्टराईले भन्नुभयो ‘ विद्युत सव स्टेसन भित्रको पानीको निकास हुनेसाथ आपूर्ती नियमित हुन्छ यसका लागि प्राधिकरणको टिम परिचालित छ ।’
प्रतिक्रिया