हुम्ला- हुम्लामा माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।
खार्पुनाथ गाउँपालिका–५ को खर्पेल गाउँमा लगातारको वर्षासँगै माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ जनाको मृत्यु भएको हो ।
मंगलबार राति ८ बजेतिर घरमाथिबाट माटोको ढिस्को खस्दा धनवीर शाहीसहित उनको परिवारका ६ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिनुभयो ।
धनवीरसहित उहाँका एक भाइ, श्रीमती र तीन छोराको मृत्यु भएको छ ।







प्रतिक्रिया