अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगर विमानस्थल जलमग्न, सबै उडान स्थगित

विराटनगर विमानस्थल जलमग्न, सबै उडान स्थगित


काठमाडौं- विराटनगर विमानस्थलमा खोला पसेपछि सबै उडान स्थगित एको छ । दुइटा खोलाको पानी पसेपछि बन्द भएको विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलले जानकारी दिनुभयो ।

खरेलका अनुसार कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको छ । पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन । विमानस्थल नजिकैका केसलिया र बास्ता खोलाको पानी भित्र पसेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरमा १३३.६ मिलिमिटरसम्म वर्षा भएको थियो ।

विराटनगरमा दैनिक आउने र जाने गरी ४२ उडान भइरहेको छ। यहाँबाट दैनिक १ हजार यात्रु ओहोरदोहोर गर्दै आएका छन् ।

बुद्धलगायतका सबै जहाजले उडान रोकिएको जानकारी गराएका छन् ।