इटहरी- बाढी र पहिरोमा प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ ।
अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीका अनुसार इलाममा सात जनाको मृत्यु भएको छ । पहिरोमा धनकुटामा ६ जनाको मृत्यु भएको छ ।
पाँचथरमा पनि ६ जनाको मृत्यु भएको छ । बाढीमा परी सुनसरीमा दुई र उदयपुरमा एक जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया