अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढीपहिरो पीडितलाई तत्काल राहत दिन सरकारसँग निधिको आग्रह

बाढीपहिरो पीडितलाई तत्काल राहत दिन सरकारसँग निधिको आग्रह


काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोका कारण विस्थापित भएकालाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

बाढीपहिरोमा फसेकाहरुको उद्धारमा खटिन तीनै तहका सरकारलाई परिचालित हुन समेत निधिले ध्यानाकर्षण गराउनुभएको छ ।

अविरल वर्षाका कारण धानबाली नष्ट भएका किसानलाई राहतको व्यवस्था गर्न पनि माग गरेका छन् ।

निधि भन्नुहुन्छ, ‘उद्धार र राहत कार्यमा आ-आफ्नो तर्फबाट जुट्न सम्पूर्ण नेपाली कांग्रेसका कार्यकर्ता र स्वयंसेवकहरुलाई आग्रह गर्दछु । बाढीपहिरो र डुबानको जोखिम क्षेत्रमा रहनुभएकाहरूलाई आवश्यक सावधानी अपनाउन अपिल पनि गर्दछु ।’