अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको १० औं महाधिवेशन बागमती प्रदेशमा गर्न प्रदेश कमिटीको माग

एमालेको १० औं महाधिवेशन बागमती प्रदेशमा गर्न प्रदेश कमिटीको माग


काठमाडौँ – नेकपा एमालेको बागमती प्रदेशको अधिवेशन आयोजक कमिटीले पार्टीको १० औँ महाधिवेशन बागमती प्रदेशमा गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।

बुधबार राष्ट्रियसभा गृहमा जारी अधिवेशन आयोजक कमिटीको बैठकमा प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले बैठकमा पार्टीको १० महाधिवेशन बागमती प्रदेशमा गर्न माग गर्ने प्रस्ताव पेश गर्नुभएको छ ।

उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको प्रदेश कमिटीका सदस्य समेत रहेका एमाले नेता बलराम आचार्यले जानकारी दिनुभयो । एमालेको आठौँ महाधिवेशन रूपन्देहीको वुटवलमा भएको थियो भने नवौँ महाधिवेशन काठमाडौँमा भएको थियो ।