काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको ध्यान चुनावसम्म साँठगाँठ गर्ने रहेको टिप्पणी गर्नुभएको छ । कांग्रेसका कार्यकर्ता कहाँ, कसलाई भोट हाल्ने भनेर अलमलमा परेको उहाँले कटाक्ष गर्नुभयो ।
बुधबार एमाले वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘चुनावसम्म कसरी साँठगाँठ जोगाउन सकिन्छ भन्ने मात्रै ध्यानमा लागिपरेका छन् । कांग्रेसका कार्यकर्ताहरु पुर्पुरामा हात राखेर बसेका छन् । किनकी रुखमा भोट हाल्ने कि पेन्सिलमा हाल्ने कि हँसिया हतौडामा भनेर ।
एमालेको चुनावी प्रतिस्पर्धा कांग्रेससँग भए पनि जनतामा जान कांग्रेसको एजेन्डा नै नभएको बताउनुभयो ।





प्रतिक्रिया