काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्रान्तीलाई भन्दा विजयलाई अघि राख्नुपर्ने बताउनुभएको छ ।
बागमती प्रदेश कमिटीको बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले विजयप्राप्त भएपछि पद प्रतिष्ठा सबै आउने तर पराजयले ती सबै कुरा गुम्ने बताउनुभएको छ ।
आगामी चुनावमा कुनै पार्टीले पनि बहुमत ल्याउदैन भन्ने हल्ला निराधार भएको अध्यक्ष ओलीको बताउनुभयो । ‘आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउछ’ ओलीले भन्नुभयो ‘एमालेलाई अरु पार्टीसँग तुलना नगर्नुहोस । यसले आगामी निर्वाचन बहुमत ल्याउछ । बहुमत दिलाउने गरी सबैले काम गर्नुहोस ।’
ओलीले पार्टीमा अराजकता बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । ‘कतिपय कुरामा व्यक्तिका असहमति हुनसक्छन् तर कमिटीले निर्णय गरेपछि त्यसलाई मानेर जानु पर्दछ’ ओलीले भन्नुभयो ‘तर त्यस्ता कुरालाई उछाल्ने काम कसैबट हुनुहुदैन ।’





प्रतिक्रिया