अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले चाहँदा सजिलै सरकार ढल्छ : अध्यक्ष ओली

एमालेले चाहँदा सजिलै सरकार ढल्छ : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे देउवा सरकार सजिलै ढल्ने दाबी गर्नुभएको छ ।

आज वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले यस्तो बताउनु भएको हो ।

उहाँले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेको भन्दै ओलीले उनीहरूलाई बिलो लगाउनेबित्तिकै सरकार ढल्ने बताउनुभयो ।

‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा यो सरकार ढल्छ,’ एमालेको वागमती प्रदेश कमिटी बैठकमा उहाँले भन्नुभयो, ‘यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि । दिए सिद्धिने कुरा छ त्यहाँ ।’