अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर थप ६६२ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

देशभर थप ६६२ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०२२ पीसीआर परीक्षणमा ५३५ जना र १ हजार ४०४ एन्टिजेन परीक्षणमा १२७ जना गरी ६६२ जनामा संक्रमण भएको हो ।

पछिल्लो २४ घण्टामा ७५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ रहेको छ ।

मन्त्रालयका तथ्यांक अनुसार काठमाडौं उपत्यकामा २५३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा १९५, ललितपुरमा ३५ र भक्तपुरमा २३ जना संक्रमित भेटिएका छन् ।