अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढीका कारण सुनसरीमा तीनको मृत्यु, ६ बेपत्ता

बाढीका कारण सुनसरीमा तीनको मृत्यु, ६ बेपत्ता


सुनसरी-आइतबारको वर्षासँगै आएको बाढी कारणले सुनसरीमा बुधबार तीन जनाको मृत्यु भएको छ भने छ बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा धरान–६ का ७२ वर्षीय विष्णु सुनार, इटहरी–३ का चन्द्रमणि काफ्ले र धरान–११ का भोगेन्द्र राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी बाढीमा परेर छ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा इटहरी–२ का रोशन बुढाथोकी, इटहरी–७ का कैलाश मण्डल, इटहरी–२ का योगेन्द्र तिवारी, इटहरी–३ का राजकुमार राई, इटहरी–९ का विनोद पराजुली र भोक्राहा नरसिंह गाउँपालिका–७ का कलर मण्डल रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । बेपत्ता भएकाहरूको खोजी जारी रहेको छ ।