पाँचथर- बाढी-पहिरोले पाँचथर जिल्लाको मिक्लाजुङ गाविसमा मात्रै २४ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परि २४ जनाले ज्यान गुमाएको हो ।
बुधबार पाँच बजेसम्ममा २४ मध्ये २१ जनाको शव भेटिएको छ भने ३ जनाको शव अझै फेला परिसकेको छैन । मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमले मिक्लाजुङको कुरुम्वा डानम्बर ५ मा मात्रै १५ जनाको मृत्यु भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मिक्लाजुङ बाहेक पाँचथरका अन्य स्थानका ३ जनाको पनि बाढी पहिरोमा परि मृत्यु भएको छ भने बाढी पहिरोले सडक, विद्युत र टेलिफोन सेवा अवरुद्ध भएको जानकारी गराउन भयो ।





प्रतिक्रिया