अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण


काठमाडौं- वडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गर्नुभएको छ । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गर्नुभएको हो ।

राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका नकी इन्दिरा वनमाला र नाइके बिज्रेश वनमालाले नवदुर्गाको पूजा एवं दर्शन गराउनुभएको थियो । राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो । राष्ट्रपतिले नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो ग्रहण गर्नुभएको थियो ।

नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई उहाँले जनही रु एक हजार पाँचका दरले दक्षिणासमेत प्रदान गर्नुभयो । राष्ट्रपति भण्डारीलाई तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको फूलमाला तथा प्रसाद प्रदान गर्नुभएको थियो । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले राष्ट्रपति भण्डारीलाई ढलौटबाट बनेको गणेशको मूर्ति प्रदान गर्नुभयो ।