काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी एमालेको सुर्खेत र दैलेखले वडा अधिवेशन र पालिका अधिवेशनको मिति सारेको छ ।
केन्द्रले कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने भनेर निर्देशन दिए पनि वर्षातको कारण जिल्ला कमिटीले अधिवेशन सार्ने निर्णय गरेको हो ।
वर्षात र संगठित सदस्यताको काम पनि नटुंगिएकाले सारिएको एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले जानकारी दिनुभयो । दैलेखमा कात्तिक १२ गते वडा अधिवेशन र कात्तिक १५ गते पालिका अधिवेशन गर्ने मिति तोकिएको छ ।
सुर्खेतमा कात्तिक ९ गते वडा अधिवेशन र कात्तिक १२ गते पालिका अधिवेशन गर्ने मिति तोकिएको एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले जानकारी दिनुभयो ।





प्रतिक्रिया