अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घट्यो निक्षेपको ब्याजदर (सूचीसहित)

घट्यो निक्षेपको ब्याजदर (सूचीसहित)


काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले मुद्दती बचतमा कात्तिक १ गतेबाट लागू गरेको ब्याजदर फिर्ता गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

राष्ट्र बैंकले मंगलबार राति निर्देशन जारी गर्दै बैंकहरूलाई बढाएको ब्याजदर फिर्ता लिइ बुधबारसम्म नयाँ ब्याजदर सार्वजनिक गर्न भनेपछि विभिन्न बैंकहरूले कात्तिक ३ र ४ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर आफ्नो वेबसाइटमा सार्वजनिक गरेका हुन्।

पहिले धेरै बैंकहरूले मुद्दती बचतमा १० प्रतिशतभन्दा माथि ब्याज दिएका थिए।

अहिले अधिकांश बैंकले मुद्दतीमा अधिकतम ब्याजदर ९.३६ प्रतिशत पुर्‍याएका छन्।

राष्ट्र बैंकद्वारा जारी निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरूले जुनसुकै प्रकारको निक्षेपको ब्याजदर निर्धारण गर्दा अघिल्लो महिनाको ब्याजदरको बढीमा १० प्रतिशतले मात्र परिवर्तन गर्न सक्नेछन्।