काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनदेखिको अविरल वर्षाका कारण देशको विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानले भएको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
बिहीबार विज्ञप्ती जारी गर्दै राष्ट्रपति भण्डारीले बाढी पहिरोमा परि ज्यान गुमाउने परिवारप्रति समवेदना पनि व्यक्त गर्नुभएको छ ।
‘यस दुःखद् घडीमा प्रकोप पीडितहरूको उद्धार तथा व्यवस्थापन, घाइतेहरूको उपचार, राहत वितरण र वेपत्ता भएकाहरूको खोजीकार्यमा राज्यका संयन्त्रहरूलाई परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्नेमा’ विश्वस्त रहेको राष्ट्रपतिको भनाइ छ ।
यसैगरी प्रकोपबाट धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रूपमा अघि बढ्न आग्रह गर्नुभएको छ ।






प्रतिक्रिया