हेटौंडा- बागमती प्रदेशसभाको बैठक आज दिउँसो ३ बजेका लागि सारिएको छ । यद्यपि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको हो ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो ।
बुधबार एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई पत्रसहित आग्रह गरेको थियो । तर विपक्षी दलहरूको विरोधका कारण सभामुख श्रेष्ठले बैठक निर्धारित मितिमै बस्ने जवाफ दिनुभएपछि एमालेले बैठकमा सहभागी हुने निर्णय गरेको हो ।
प्रतिक्रिया