अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन दिनदेखि तुम्लिङ फसेका चार विदेशीको हेलिकोप्टरमार्फत उद्धार

तीन दिनदेखि तुम्लिङ फसेका चार विदेशीको हेलिकोप्टरमार्फत उद्धार


हुम्ला-हिमपातले तीन दिनदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको तुम्लिङमा अलपत्र परेका चार विदेशीसहित तीनजना नेपाली नागरिक गरेर सातजनाको हेलिकोप्टरमार्फत उद्धार गरी सिमकोट ल्याइएको छ ।

हिमपातले वडा-६ लिमिको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चारजना स्लोभिनियाका नागरिक रहेका हुन् भने तीनजना उनीहरूसँगै गएका नेपाली नागरिक ट्रेकिङगार्ड रहेका छन् । अलपत्रमा परी उद्धार हुनेमा स्लोभिनियाका बर्निक स्टोजन, ग्रोसोज बिक्टर, कोट्निक ल्भाम, लापन्जा कास्टेलिक दानीजेला हुन् ।

 

हिमपातले तीनदेखि लिमिको तुम्लिङमा अलपत्र परेका स्लोभिनिया तीन जना पुरुष र एक जना महिला तथा तीन जना नेपाली ट्रेकिङगार्डको एयर डाइनेष्टिक हेलिकोप्टरबाट उद्वार गरी सिमकोट ल्याएको छ ।

 

सदरमुकाम सिमकोटदेखि लिमितर्फ हिँडेको १३ दिन भएको र तीन दिनदेखि लिमिको तुम्लिङमा हिमपातले अलपत्र परेको ट्रेकिङगार्ड अशिम तामाङले बताए । लिमिको हल्जी गाउँमा गएर टेलिफोन गरि हेलिकोप्टर बोलाएको तामाङले बताउनुभयो ।

उद्वार गरिएका चार जना स्लोभिनियाका नागरिक र तीन जना नेपाली रहेको सिमकोट विमानस्थलले जनाएको छ । यस्तै उनीहरूसँगै तुम्लिङमा फसेका अन्य ६ जना नेपाली नागरीहरू बिहीबारबाट मौसम सफा रहेकाले पैदल मार्ग भएर खच्चडसँग सिमकोट पुग्ने तामाङले जानकारी दिनुभयो ।

आइतरबार रातिदेखिको अवरल वर्षा र हिमपातले तीन दिनदेखि उनीहरु तुम्लिङमा फसेका थिए ।