अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा बाढीपहिराले सुदूरपश्चिममा पुर्‍याएको क्षतिबारे जानकारी

प्रधानमन्त्रीद्वारा बाढीपहिराले सुदूरपश्चिममा पुर्‍याएको क्षतिबारे जानकारी


बझाङ – प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न सुदूरपश्चिम बझाङ पुग्नुभएको छ । मन्त्री तथा नेताहरुका साथ बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि सुर्खेत, दिपाय हुँदै बझाङ पुग्नुभएका प्रधानमन्त्री देउवाले बझाङको प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको  हो ।

प्रधानमन्त्रीको साथमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि बझाङ पुग्नुभएको छ ।

यसपछि प्रधानमन्त्री देउवा बैतडीको प्रभावित क्षेत्र जानुहुने कार्यक्रम रहेको छ । त्यहाँबाट डडेल्धुरा, कञ्चनपुर हुँदै कैलाली जानुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा आज बिहान अर्थमन्त्री, पर्यटन मन्त्री, कांग्रेस नेताहरु एनपी साउद, रमेश लेखकसहित सुदूरपश्चिम भ्रमणमा निस्किनु भएको हो । तीन दिनको अविरल वर्षाले सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ ।