अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढीले सप्तरीमा २५ प्रतिशत धानबाली नष्ट

बाढीले सप्तरीमा २५ प्रतिशत धानबाली नष्ट


सप्तरी- अविरल वर्षापछि आएको बाढीले सप्तरीमा २५ प्रतिशत धानबाली पूर्ण रूपमा नष्ट भएको छ । कृषि ज्ञान केन्द्र सप्तरीका कार्यालय प्रमुख राजेन्द्र यादवका अनुसार कुल ६८ हेक्टर जग्गामा लगाए धानखेतीमध्ये १७ हेक्टर अर्थात् २५ प्रतिशत नष्ट भएको हो ।

धान काटेर खेतमा राखेको र ठडिएको बाली डुबानमा परेर नष्ट भएको प्रमुख यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सप्तरीमा लगाएक‍ो केराबाली मध्ये ५० प्रतिशत र २० प्रतिशत तरकारी खेतीमा पनि क्षति पुगेको छ ।’ क्षतिले किसानहरूको दैनिकी थप कष्टकर भएको प्रमुख यादवको भनाइ छ ।

विष्णुपुर गाउँपालिकाका ४० वर्षीय बद्री सदाले भन्नुभयो, ‘अर्काको दुई बिगा जग्गामा धान लगाएको थिए । बाढीले सबै कुहियो, वर्ष दिनसम्म के खानु ? जग्गाधनीको कुत कसरी तिर्नु ?’

तिलाठीबाट रामपुर मल्हनियातर्फ जाने क्रममा हनुमानगर कंकालनी नगरपालिका–९ का शम्भु मण्डलको २२ वर्षीय छोरा छोरा लालु मण्डल जिता खोला तर्ने क्रममा बेपता भएका छन् । उहाँको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद यादवले जानकारी दिनुभयो । बस्तीमा पानी पसेपछि बिष्णुपुर गाउँपालिका–३ को जैवा मण्डल, पृथ्वीनारायण मण्डल, रामलित मण्डल, राजदेव मण्डलको घर भत्किएको छ ।

त्यसैगरी, सप्तकोशी नगरपालिका–९ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा गाई वस्तुहरू चराइ फर्किने क्रममा पौडा खोला तर्ने क्रममा आठ वटा बाछाबाछी र गाई बाढीले बगाएको छ । कन्चनरुप नगरपालिका–५ पुर्वी पिपराका चतुरदेव तामाङको एउटा बाछा र रमानन्द चौधरीको एउटा गाई बगेको छ ।

यस्तै, तिलाठीकोईलाडी गाउँपालिका–५ सारदा टोलका सनिचर सरदार, महेन्द्र सरदारको घर भत्किएको छ । गुडु सिंहको कृषि फर्ममा पानी पसेपछि फार्मभित्र रहेको ६ सय कुखुरा नष्ट भएको छ।

सप्तरीकोसी नगरपालिका तिलाठी कोईलाडी, हनुमाननगर, राजविराज, खड्क शम्भुनाथ नगरपालिका, कञ्चनरूप नगरपालिका, अग्नीसाईर कृष्णासवरण गाउँपालिका गरि एक दर्जन गाउँपालिका र नगरपालिकाको बस्तीमा पानी पसेपछि दुई हजारभन्दा बढी घर डुबानमा परेको छ ।