अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्नुहुँदै

मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्नुहुँदै


मकवानपुर – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत माग्नुभएको छ ।  बिहीबार बसेको प्रदेशसभा बैठकमा उहाँले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको हो ।

गत २४ असोजमा बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ ।

आफू मुख्यमन्त्री हुँदा आफ्नो पार्टी एमालेको एकल बहुमत रहेको स्मरण गराउनुहुँदै उहाँले अहिले एमालेमाथि आक्रमण भइरहेको बताउनुभयो ।

प्रदेशसभामा १०९ सांसद छन् । सरकार बनाउन ५५ सांसद आवश्यक पर्दछ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३, माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा एकीकृत समाजवादीसँग १३, विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एकजना सांसद छन् ।