मकवानपुर – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी विभाजन गराएका कारण राजनीतिक अस्थिरता बढेको बताउनुभयो ।
प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै उहाँले निकृष्ट ढंगले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको आरोप लगाउनुभएको छ ।
मुख्यमन्त्री शाक्यले संसदीय प्रणालीमा पार्टीहरु बलियो बन्नु पर्नेमा त्यस विपरीत झन् कमजोर बन्दै गएको टिप्पणीसमेत गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चारैतिरबाट प्रहार भइरहेको उहाँको भनाइ थियो ।
बागमती प्रदेश सरकार र आफ्नो पार्टी नेकपा एमाले प्रदेशवासीका आकांक्षा पूरा गर्न प्रतिवद्ध रहेको पनि उहाँले प्रस्ट पार्नुभयो । शाक्यले पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भएका उपलब्धि पनि सुनाउनुभयो । प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न प्रदेश सरकारले सफलता पाएको समेत बताउनुभयो ।





प्रतिक्रिया