अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाग्मती प्रदेशसभाको बैठक १० कात्तिकमा

बाग्मती प्रदेशसभाको बैठक १० कात्तिकमा


काठमाडौं – बाग्मती प्रदेशको प्रदेशसभाको बैठक १० कात्तिकमा बस्ने भएको छ । बिहीबार बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि दलीय धारणा राखिएको छ ।

दलीय धारणा राख्ने क्रममा विपक्षी गठबन्धनले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने भन्दै आफूहरूको तर्फबाट मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरेका छन् ।

दलीय धारणापछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मत माग्ने प्रस्तावमाथिको बाँकी प्रक्रिया १० कात्तिक बुधबार दिउँसो १ बजे बस्ने बैठकमा अघि बढ्ने जानकारी दिनुभयो ।

प्रदेशसभामा १०९ जना सांसद छन् । सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन् । यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो ।

माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा एकीकृत समाजवादीसँग १३, विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना सांसद छन् ।