काठमाडौं- उत्तरी छिमेकी चीनले नेपालको सीमावर्ती जिल्ला हुम्लालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
बिहीबार चिनियाँ विदेश मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रका स्थानीय अधिकारीले हुम्लालाई स्वास्थ्य तथा दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराएको चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिनुभयो ।
यो सहयोगलाई राजदूत यान्छीले महामारीविरुद्ध दुई देशको संयुक्त लडाइँको एक महत्वपूर्ण पक्ष भन्नुभएको छ ।
हुम्लामा नेपाल र चीनबीच सीमा विवाद देखिएको भन्दै अध्ययन समितिले हालै द्विपक्षीय छानविन गर्नुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिक्रिया