अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घाइतेलाई सेनाको हेलिकप्टरबाट कैलाली लगियो

घाइतेलाई सेनाको हेलिकप्टरबाट कैलाली लगियो


डोटी-बाढी, पहिरामा परेर जिल्लाका एक घाइते र प्यारालाइसिस रोगले ग्रस्त अर्का एक जना गरी दुई जनालाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि कैलाली लगिएको छ ।

चार दिन पहिले परेको अविरल वर्षासँगै घरमा पहिरो आउँदा घाइते भएका यहाँको दिपायल सिलगढी नगरपालिका–९ का माने आउजीलाई आज नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि धनगढी पठाइएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो ।

पहिरामा परी आउजीको खुट्टा भाँचिएको छ । जिल्लाका जनप्रतिनिधिको आग्रहमा सुदूरपश्चिम प्रदेश सरकारका अन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुलाई उपचारका लागि धनगढी पठाइएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो ।

यसैगरी प्यारालाइसिस रोगले ग्रस्त भएका अर्का एक जना दिपायल सिलगढी नगरपालिका–६ का दीपक नेपालीलाई पनि उपचारका लागि सेनाकै हेलिकप्टरमार्फत कैलाली लगिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बाढी, पहिराले सडक अवरुद्ध भएका कारण यहाँका घाइते तथा बिरामीलाई हेलिकप्टरमार्फत कैलाली पठाइएको हो ।