काठमाडौं- नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा हुने भएको छ । यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय आज बसेको स्थायी कमिटी बैठकबाट भएको हो ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो ।
महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा ११ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ ।





प्रतिक्रिया