अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको महाधिवेशन चितवनमा, बादलको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन

एमालेको महाधिवेशन चितवनमा, बादलको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन


काठमाडौं – नेकपा एमालेले पार्टीको १०औं महाधिवेशन यही मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने निर्णय गरेको छ । यसअघि विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो । तर, बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिरमा तय महाधिवेशनको स्थान चितवन तोकेको हो ।

चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि नेता रामबहादुर थापा (बादल)को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ ।

चितवनलाई नै कार्यथलो बनाएका पूर्व माओवादी पृष्ठभूमिका नेता बादलको संयोजकत्वमा गठित मूल व्यवस्थापन समितिमा चितवनकै नेताहरु धेरै समेटिएका छन् ।

एमाले प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल हुनुहुन्छ ।

त्यस्तै सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट समेत एक-एक जना रहनेगरि मूल व्यवस्थापन समिति गठन भएको ज्ञवालीले जानकारी दिनुभयो ।

एमाले महाधिवेशन रामबहादु थापाको सयोजत्वमा मूल व्यवस्थापन समिति गठन