अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपत्तिमा एक भएर अघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा

विपत्तिमा एक भएर अघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा


दमक -नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विपत्तिमा दलीय एकता बनेर अघि बढ्नुपर्ने बताउनुभएको छ । देश प्राकृतिक विपत्तिमा परेको र यतिखेर दलीय एकता खाँचो रहेको बताउँदै उहाँले विपत्तिलाई सामना गर्न नै हामी सबैको साझा दायित्व भएको जोड दिनुभयो ।

नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समिति दमकले आज कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले विपत्तिले सिङ्गो राष्ट्र डुबेका बेला सरकारसँगै सबै नागरिक उद्धार र राहतका कार्यमा एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

जिल्लाको दक्षिणी बाढीग्रस्त क्षेत्रको अवलोकन तथा बाढीपीडितसँग भेटघाट गर्नुभएका उहाँले बाढी, पहिराबाट ज्यान गुमाएका तथा उठिबास भएका परिवारलाई पुनःस्थापना गरी राहत दिन सरकारले थप व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सरकारले विपत्तिलगत्तै गरेको निर्णय प्रशंसनीय भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “सरकारले गरेको निर्णय निष्पक्ष कार्यान्वयन गर्न तीनै तहको सरकार गम्भीर हुनुपर्छ ।” उहाँले विपत्तिमा परेका किसानलाई थप राहतको प्याकेज ल्याउनुपर्ने सरकारसँग माग गर्नुभयो । कांग्रेस विपत्ति सहकार्यमा सदैव दलीय आस्थाभन्दा माथि रहेको उहाँको धारणा थियो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका प्रवक्ता शर्माले पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको एक साताभित्र वर्तमान सरकार ढाल्ने अभिव्यक्ति हास्यास्पद भएको टिप्पणी गर्नुभयो । संविधान बनेको यो सरकारलाई कसैले ढाल्न नसक्ने चेतावनी दिँदै उहाँले यही सरकारले तीनै तहको निर्वाचन सम्पन्न गर्ने स्पष्ट पार्नुभयो ।