काठमाडौ -नेकपा एमालेको आज बसेको स्थायी कमिटीको बैठकले विधान महाधिवेशन पार्टी एकताको लागि कोशेढुंगा सावित भएको ठहर गरेको छ ।
आजको एजेण्डाको रुपमा रहेको विधान महाधिवेशनको समिक्षा गर्ने क्रममा नेताहरुले यसलाई ऐतिहासिक पनि भनेका छन् । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार बैठकले विधान महाधिवेशनले पार्टीको भावी कार्यदिशा तय गरेको,फूटपरस्तलाई गतिलो जवाफ दिएको र पार्टी एकताका लागि कोशेढुंगा सावित भएको भन्ने सबैको मत रहेको बताउनुभयो ।‘विधान महाधिवेशन पार्टी एकताका लागि कोशेढुंगा भएको,देशैभरीका कार्यकर्तामा उत्साह जगाएको र उपयुक्त समयमा सम्पन्न भएकोमा सबै कमरेडहरुले खुशी व्यक्त गर्नुभएको छ । आयोजक र मुल व्यवस्थापन समितीलाई पनि धन्यवाद ज्ञापन गरेको छ’ नेम्वाङले नेपाली बहस डट कमसँग भन्नुभयो ।
बैठकले गैह्र आवासीय नेपाली संघको निर्वाचनमा सरकारी पक्षबाट भएको हस्तक्षेपमा आपत्ती प्रकट गरेको छ । यसैगरी नेपाल रेडक्रस सोसाइटी लगायतका संस्थाहरुमा भएको सरकारी हस्तक्षेपको विरोध गरेको नेम्वाङ जानकारी दिनुभयो ।






प्रतिक्रिया