अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन तयारी

स्थायी कमिटीले निर्णय गरेलगत्तै चितवन एमालेले सुरु गर्‍यो तयारी, पाँच लाख उतार्ने घोषणा

स्थायी कमिटीले निर्णय गरेलगत्तै चितवन एमालेले सुरु गर्‍यो तयारी, पाँच लाख उतार्ने घोषणा


चितवन– एमाले स्थायी समितिको बैठकले चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरेको भोलिपल्टै एमाले जिल्ला कमिटीले काम सुरु गरेको छ ।

एमाले चितवनले दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख मानिस सहभागी गराउने दाबी गरेको छ । एमालेले चितवनमा पत्रकार सम्मेलन आयोजना गरेर महाधिवेशन तयारीको शुभारम्भ गरिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले भेगीय हिसावले चितवन आउन र जान सहज भएकाले उदघाटन समारोहमा पाँच लाख मानिसहरुलाई सहभागी गराइने बताउनुभयो ।

पोखरेलले महाधिवेशनका लागि चन्दा मागेर कसैलाई पनि दुःख नदिने बताउनुभयो । पार्टीका सदस्य र शुभेच्छुकहरुले स्वतः दिने सहयोगमा महाधिवेशन गर्ने पोखेरलले बताउनुभयो ।