अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुशवाहामाथि दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न संगठनको माग

कुशवाहामाथि दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न संगठनको माग


काठमाडौं- नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले ईन्जिनियर राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको भत्सर्ना गरेको छ ।

बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामको निमित्त आयोजना प्रमुख कुशवाहामाथि जनमत पार्टीका कार्यकर्ताले आयोजना प्रमुखलाई नियन्त्रणमा लिई नगर परिक्रमा गराएका थिए ।

संगठनका अध्यक्ष हरिबहादुर रावलले विज्ञप्ति जारी गरेर देशमा कानूनको शासन हुँदाहुँदै कानूनी उपचार तथा वार्ताको माध्ययमबाट कुनै पनि समस्याको समाधान खोज्नु पर्नेमा कानून हातमा लिएर राष्ट्रसेवक कर्मचारीमाथि गरिएको दुर्व्यवहार कुनै हालतमा क्षमायोग्य हुन नसक्ने उल्लेख गरेका छन् ।

संगठनले घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल गिरफ्तार गरी कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।