काठमाडौं– पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रभू साहले ोवादीमा फर्कने हल्लाबारे कडा विरोध गर्नुभएको छ ।
आफू माओवादीमा फर्किन लागेको भनी चलाइएका हल्ला खारेज गर्दै साहले प्रचण्डको नेतृत्वमा कदापी नजाने प्रष्ट पार्नुभयो । साहले कपोकल्पित र भ्रामक प्रचारबाजीको खण्डन गर्ने भन्दै जारी गरेको विज्ञप्तिमा जनयुद्ध र हजारौं शहीदको अपमान गरेर खिचडी संसदीय व्यवस्थामा कुर्सीको खेल चलाएका प्रचण्डसँग कुनै हालतमा एकता हुन नसक्ने बताएका छन् ।
‘प्रचण्डकै कारण आज हजारौ योग्य नेपाली विदेश पलायन हुन बाध्य छ । आफ्नो व्यक्तिगत स्वार्थका कारण माओवादी आन्दोलनलाई टुक्रा टुक्रा गरी सिंगै देशलाई नै अस्थिरताको खाडलमा धकेल्ने प्रचण्डको नेतृत्वमा कोही पनि सच्चा माओवादी र क्रान्तिकारीहरू एकताबद्ध हुन सक्दैन,’ उहाँले भन्नुभएको छ ।





प्रतिक्रिया