भरतपुर- माधव नेपाल नेतृत्वको नेकपा एस चितवनको प्रस्तावित जिल्ला कमिटी अध्यक्ष तेजबहादुर खड्का एमालेमा नै फर्किनु भएका छन् ।
१० बुँदे सहमती कार्यान्वयन हुनुपर्ने माग गरेका खड्का समाजवादीको वडा कमिटी गठनमा समेत सहभागी हुनुभएका थिए । माधव नेपालले देउवाले ल्याएको अध्यादेशमार्फत नेकपा एमाले पार्टी फुटाएपछि समाजवादीमा नगएको स्पष्टिकरणसमेत दिनुभयो ।
खड्काले समाजवादीको जिल्ला अध्यक्ष बन्न अस्वीकार गर्नुभएपछि डा.कृष्ण पन्तलाई जिल्ला अध्यक्ष बनाइएको थियो।
समाजवादीतिर पनि नगएका र एमालेमा पनि सक्रिय नभएका खड्काले एमालेको चितवनको तेस्रो पूर्ण बैठकमा उपस्थित भएर टुटफुट र विभाजन नभई एकतामा समाहित हुन सबैलाई आग्रह गर्नुभएको छ ।
एमालेको तत्कालिन जिल्ला उपाध्यक्ष रहेका खड्कालाई प्रदेश कमिटीको सदस्य बनाइएको छ । खड्काको नेतृत्वमा पार्टी एकता संयोजन कार्यदल बनेको छ । उहाँले आफू निरन्तर पार्टीको काममा लाग्ने बताउनुभयो । उहाँलाई एमालेको बागमती प्रदेश कमिटी सदस्य बनाइएको छ ।





प्रतिक्रिया