अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कांग्रेस नेतृत्वको सरकारलाई समय खेर फाल्ने छुट छैन : गगन थापा

कांग्रेस नेतृत्वको सरकारलाई समय खेर फाल्ने छुट छैन : गगन थापा


काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको काम गराई ठीक नभएको बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको कार्यक्रममा बोल्दै थापाले सरकार गठन भएको १०० दिनसम्म पनि जनतामा आशा भरोसा जगाउन काम हुन नसकेको टिप्पणी गर्नुभएको हो ।

कांग्रेस नेतृत्वको सरकारलाई काम नगर्ने वा समय खेर फाल्ने छुट नरहेको भन्नुहुँदै थापाले सरकारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री नै गम्भीर हुनुपर्ने बताउनुभयो ।

‘वर्तमान सरकाले धेरै समय खेर फालिरको छ । नेपाली कांग्रेस नेतृत्व सरकारले कामको लय पक्रन सकेको छैन’, थापाले बताउनुभयो ।

विद्युत खपत बढाउने विषयमा सरकारले पर्याप्त काम गर्नुपर्ने भन्नुहुँदै थापाले विद्युत प्राधिकरणको प्रतिष्ठा जोगाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।