अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी-पहिरोमा परी घाइते भएहरुलाई निःशुल्क उपचार र राहतको व्यवस्था गर्न अनेरास्ववियुको माग

बाढी-पहिरोमा परी घाइते भएहरुलाई निःशुल्क उपचार र राहतको व्यवस्था गर्न अनेरास्ववियुको माग


कैलाली- नेकपा एमालेको भ्रातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम कमिटीले बाढी र पहिरोमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न माग गरेको छ ।

शुक्रबार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउँदै घाइतेहरूको निःशुल्क उपचारसहित ७ बुँदे माग राखेको छ । अनेरास्ववियु सुदूरपश्चिमका इन्चार्ज मोती बिक र संयोजक नेत्र मैनाली सहितको टोलीले तत्काल पीडित परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने, बेपत्ता भएकाहरूको खोजीमा तीव्रता दिनु पर्ने, घरविहीन भएकाहरूलाई तत्काल उचित बसोबासको व्यवस्था गर्नुपर्ने प्रदेश सरकारले युवा स्वयमसेवक तयार गरी परिचालन गर्नुपर्ने माग राखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट ३३ जनाको मृत्यु भइसकेको छ । विपद्मा परी यस प्रदेशमा २२ जना बेपत्ता छन् । यस्तै विपद्मा परी १७ जना घाइते छन् ।

अनेरास्ववियु ज्ञापन पत्र बुझ्नुहुँदै मुख्यमन्त्री भट्टले राहत र उद्धारको काम भइरहेको बताउनुभएको थियो । उहाँले राहत, उद्धार र किसानलाई क्षतिपूर्ति दिन तिनै तहको सरकारसँग समन्वय समेत भइरहेको बताउनुभयो ।