काठमाडौं – नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई उच्च ज्वरो नघटेपछि अस्पताल भर्ना हुनुभएको छ । बिरामीका कारण भट्टराई पार्टी स्थायी कमिटी बैठकमा समेत सहभागी हुन सक्नुभएको थिएन ।
बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि शुक्रबार उहाँ वीर अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ ।
भट्टराई एमालेको दशौं महाधिवेशन मूल व्यवस्थापन समितिका सदस्य समेत हुनुहुन्छ ।





प्रतिक्रिया