इटहरी- इटहरी उपमहानगरपालिकाका कर्मचारी हलुका सवारी चालकको लडेर निधन भएको छ ।
अविरल वर्षापछि बाढी आएको समय मंगलबार बेलुका इटहरी–८ मुसहरी टोलमा लडेर टाउकोमा चोट लागेका ५५ वर्षीय पुष्पलाल चौधरीको उपचारका क्रममा बिहान नेहा अस्पताल इटहरीमा निधन भएको हो ।
चौधरीको निधनमा इटहरी उपमहानगरपालिकाले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । इटहरी उपमहानगरपालिका कार्यालय तथा वडा कार्यालयहरूमा आइतबार एक दिन शोक विदा दिइएको छ ।
प्रतिक्रिया