अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

इटहरीका मिनबहादुर गुरुङ्गले बाढी पीडितलाई ११ लाख सहयोग

इटहरीका मिनबहादुर गुरुङ्गले बाढी पीडितलाई ११ लाख सहयोग


इटहरी–भाटभटेनी सुपरमार्केट इटहरीका संचालक मिनबहादुर गुरुङ्गले इटहरी उपमहानगरपालिकाको बाढी पीडितहरूको उद्धार राहत तथा पुनस्थापनाका लागि रु.११ लाख सहयोग गर्नुभएको छ ।

यस्तो विपदको वेला उहाँले गर्नुभएको सहयोग प्रति उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले सम्पूर्ण नगरबासीको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ । यसअघि इटहरी उपमहानगरपालिकाको कार्यापालिका बैठकले उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले सात दिनको पारिश्रमिक विपद राहत कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ । नगरप्रमुख द्वारिकलाल चौधरीले एक महीनाको तलब जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

कार्यपालिकाको बैठकले बाढीका कारण इटहरीमा ज्यान गुमाउनेका परिवारलाई किरिया खर्च वापत रु.२५ हजार उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी वडाहरुमा पीडितका लागि लत्ता कपडा र मेस सञ्चालन गर्न सवै वडालाई एकलाखका दरले पेश्की उपलब्ध गराइएको छ ।