अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेले १२ कात्तिकमा बोलायो केन्द्रीय समिति बैठक

एमालेले १२ कात्तिकमा बोलायो केन्द्रीय समिति बैठक


काठमाडौं- नेकपा एमालेले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । च्यासलमा बसेको स्थायी कमिटी बैठकले आगामी १२ कात्तिकमा केन्द्रीय समिति बोलाउने निर्णय गरेको हो ।

राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन सम्बन्धी मापदण्ड तय गर्न र अन्य आवश्यक निर्णय गर्नका लागि केन्द्रीय कमिटी बैठक १२ कात्तिकमा बस्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो  । त्यस अगाडि ११ कात्तिकमा स्थायी कमिटी बस्नेछ ।

आजको बैठकले केन्द्रीय कमिटी अगावै १० बुँदे सहमति कार्यान्वयन गरिसक्ने निर्णय पनि गरेको छ । ‘बैठकले १० बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा आम रूपमा सबै ठाउँमा कार्यान्वयन हुँदै गएको र समस्या रहेको एकाध ठाउँमा केन्द्रीय कमिटी बैठकसम्म टुंग्याइसक्ने र यसका लागि सम्बन्धित नेतालाई निर्देशन गरेको छु, प्रवक्ता ज्ञवालीले भन्नुभयो ।