अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेले थप्यो दुई केन्द्रीय सदस्य

एमालेले थप्यो दुई केन्द्रीय सदस्य


काठमाडौं – नेकपा एमालेले केन्द्रीय समितिमा दुई जना मनोनित गरेको गरेको छ ।

ललितपुरको च्यासलमा सम्पन्न स्थायी समिति बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहमद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

यो निर्णयमा १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले असहमति जनाउनुभएको छ । यो निर्णय १० बुँदेको विपरीत भएको उहाँको भनाइ छ । ‘कुनै छलफल नगरी, विधि-पद्धतिबिना दुई जना राख्ने कुरामा मेरो असहमति छ,’ उहाँले भन्नुभयो ।