प्युठान– नेकपा एसका केन्द्रीय सल्लाहकार तथा प्यूठानका पुराना नेता शोभाराम भण्डारी, पार्टी विभाजनअघि बनाइएको समानान्तर कमिटीका जिल्ला सचिव दीपेन्द्र केसी तथा जिल्ला सदस्यहरू तिलबहादुर घर्ती र धर्मराज भण्डारी नेकपा एमालेमा सामेल हुनुभएको छ।
उहाँहरूले शुक्रबार नेकपा एमालेको जिल्ला कार्यालय पुगेर पार्टीको संगठित सदस्यता नवीकरण गर्दै विभाजनको पक्षमा नलाग्ने स्पष्ट पार्नुभयो । प्युठान एमाले युवा नेता सूर्य थापाको गृहजिल्ला हो ।
हालसम्म प्यूठानमा नेकपा एस बन्न सकेको छैन। पहिले गठित समानान्तर कमिटीसमेत विभाजनपछि बनेको एसमा रूपान्तरण गर्न सम्भव भएको छैन।
२०५४ सालमा वामदेव गौतमले पार्टी विभाजन गर्दा चार जनाबाहेक सिंगो जिल्ला कमिटी नेकपा माले पार्टीमा लागेको थियो । एमाले नेता माधवकुमार नेपालले बनाएको नेकपा (एस)मा भने जिल्ला कमिटीमा एकै जना सदस्यले पनि साथ दिएनन् ।







प्रतिक्रिया